पिसजोनमा जेठ महिना विद्यार्थी पुरस्कृत
Posted on: Jul 02, 2019


१६ असार, पोखरा । पोखरा लेखनाथ ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा प्रत्येक महिना गरिँदै आएको महिना विद्यार्थी छनोटअन्तर्गत जेठ महिनाको नतिजा सार्वजनिक गरिएको छ । कक्षा एल केजीदेखि दसकक्षासम्म प्रत्येक कक्षाबाट एक एक जनालाई उनीहरूको मासिक मूल्याङ्कन गरेर छनोट गरिएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले जानकारी दिनुभयो । 
पुरस्कृत विद्यार्थीलाई नगद पुरस्कार र महिनाभरि आआफ्नो कक्षाको भित्तामा फ्लेक्स प्रिन्ट फोटो टाँसिएको उहाँले बताउनुभयो । असार महिनामा पुरस्कृत हुने विद्यार्थीहरूमा कक्षा एलकेजीबाट आयान बास्तोला, कक्षा युकेजीबाट अमुल राना मगर, कक्षा एकबाट रक्षा गिरी, कक्षा दुईबाट आस्ना पौडेल र कक्षा तिनबाट सुप्रिया पौडेल रहेका छन् । त्यसैगरी कक्षा चारबाट समीक्षा घले, कक्षा पाँचबाट सौगात कुँवर, कक्षा ६ बाट ग्रेसिका शिवाकोटी र कक्षा सातबाट विज्ञा न्यौपाने जेठ महिना विद्यार्थीबाट सम्मानित भए ।
 त्यस्तै कक्षा आठबाट सदीक्षा  लामिछाने, कक्षा ९ बाट शैलेश घिमिरे र कक्षा १० बाट पुजना बस्नेतले जेठ महिनाको महिना विद्यार्थीको उपाधिलाई आफ्नो पोल्टामा पार्न सुरक्षित भए । पुरस्कृत विद्यार्थीलाई जनही पाँच सय रुपैयाँ र फोटो फ्लेक्स प्रिन्ट एक महिनासम्म कक्षाको भित्तामा टाँसिने विद्यालयले जनाएको छ । फरक सोच, भिन्न शैली एवम् विद्यार्थी मैत्री व
ातावरणमा सञ्चालित पिसजोन एकेडेमीले विगत १६ वर्षदेखि नै अन्य विद्यालयहरूले भन्दा फरक शैलीका कार्यक्रमहरू सहक्रियाकलाप  र शैक्षणिक योजनामा राखेर अघि बढेको संस्थापक शर्माले जनाउनुभयो । सैद्धान्तिक ज्ञान, किताबी ज्ञानमात्र नभई बालबालिकाको चौतर्फी विकासमा फरक शैली अप्नाएर विद्यार्थीको मानसिक, बौद्धिक एवम् चारित्रिक विकासमा जोड दिने गरिएको विद्यालयले जनाएको छ । विद्यालयले यसअघि अङ्ग्रेजी सप्ताह अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरिसकेको छ । 

 

Comments