बजेटमा एकलौटी गरीएको भन्दै मादीमा नेविसंघले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कालो झण्डा देखायो
Posted on: Jul 06, 2019


आषाढ २१ , पोखरा ।।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई नेपाल विद्यार्थी संघ कास्की क्षेत्रत्र न १ का सभापति सागर रानाभाट लगायतको समूहले कालो झण्डा देखाएका छन् ।
मादी गाऊपालिकाको पाँचौ गाऊँ सभाको सार्वजनिकीकरण कार्यक्रममा सहभागी हुन कार्यक्रमस्थल जादै गरेका मुख्यमन्त्री  गुरुङलाई कस्सेरी भन्ने स्थलमा नाराबाजी सहित समूहले कालो झण्डा देखाएका हो ।
मादी गाउँपालिकाको नीति तथा बजेटमा एक्लौटी एवं आफु खुशी गरेको विरोधमा मुख्यमन्त्रीलाई कालो झण्डा देखाईएको सभापति रानाभाटले जानकारी दिए । समूहले कार्यक्रमस्थल याङजाकोटमा समेत विरोध गर्ने जनाएको छ ।
यस अघि पाँचौ नगरसभामा गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकलौटी र पूर्वाग्रही भएकोले कांग्रेस निकट जनप्रतिनिधि सहितले सुरुबाटै असहमति एवं विरोध जनाउँदै आएको गाउँपालिकाका लेखा समिती सभापति सरोज केसीले जानकारी दिए ।

कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी, काँग्रेसको विरोध

कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा नेपाली काँग्रेसले विरोध गरेको छ । निर्वाचित जनप्रतिनिधि र मादी काँग्रेसको संयुक्त बैठक बसेर अहिलेको ठाउँबाट केन्द्र नसार्न चेतावनी दिएको हो । ‘अहिलेकै ठाउँमा सबै संरचना बनिसकेको छ । 
हाल याङजाकोट स्थित साविक थुमाकोडाँडा गाविसको कार्यालयमा केन्द्र राखिएको छ भने गाउँपालिकाले अहिले नजिकै रहेको देउरालीमा केन्द्र बनाउने तयारी गरेको छ । आँफुहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा केन्द्र सार्ने निर्णय गरेको काँग्रेसको आरोप छ । बैठकले १२ वटै वडाहरुलाई पायक पर्ने स्थान मादी करिडोरमा केन्द्र राख्नुपर्ने माग गरेको छ ।

थप विवरण आउन बाकी

Comments