भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान एक प्रहरी र एक विप्लव कार्यकर्ताको मृत्यु
Posted on: Jul 10, 2019

असार २५ भोजपुर ।  भोजपुरमा  गोली चल्दा  २ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । भोजपुर बजार नजिकै शनिबारे हटियामा गोली चल्दा १ जना प्रहरी र गोली चलाउनेको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी सञ्जिव राईको ज्यान गएको हो । राईको ज्यान गएपछि जवाफी कार्वाहीका क्रममा गोली चलाउने चन्द समूहका नीर कुमार राईको पनि ज्यान गएको हो ।

Comments